Rumpum

Rumpum Advertisement

मास्क लगाउन आग्रह गर्दा प्रहरीमाथि निर्घात कुटपिट, हवल्दारसहित तीन प्रहरी घाइते

मास्क लगाउन आग्रह गर्दा प्रहरीमाथि निर्घात कुटपिट, हवल्दारसहित तीन प्रहरी घाइते

कपिलवस्तु, १ भदौ । कपिलवस्तुमा माक्स लगाउन आग्रह गर्ने प्रहरीमाथि निर्घात कुटपिट भएको छ ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको लवनी चौराहामा मास्क नलगाएर हिँडने युवाहरूलाई कारवाही गर्न खोज्दा तीन प्रहरीमाथि नै कुटपिट भएको हो ।

लवनी प्रहरी चौकीमा कार्यरत हवल्दारसहित ३ जनाको स्थानीयको कुटाईबाट टाउकोमा गम्भीर चोट लागेको छ ।

घटनामा घाइते भएका प्रहरी हवल्दार विनोदकुमार वरुण, प्रहरी जवानहरू जियावन कोहार र महेन्द्र यादवको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

ओरापीको पहिचान भएको भएपनि उनीहरू फरार रहेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।