बेन्फिका र भ्यालेन्सियाको नजर नाचोमाथि

एजेन्सी, १ भदौ । स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर नाचो फर्नान्डेसले पछिल्लो समय क्लबाट खेल्ने मौका पाएका छैनन् । २०१९–२० को सिजनमा स्पेनिस स्टार नाचोले रियलबाट मात्र १० खेल खेल्न पाए ।

आफूलाई रियलको चौथो रोजाइका सेन्टर ब्याकका रूपमा पाएका उनी चोटका कारण टोलीमा पर्न संघर्षरत रहे । यसै कारण उनी बर्नाबेउ छोड्ने मनसायमा रहेको बताइन्छ ।

यस्तैमा उनी प्रतिद्वन्द्वी क्लब भ्यालेन्सिया र बेन्फिकाले नजर लगाएको बताइएको छ । पोर्चुगिज मिडिया ‘बोला’का अनुसार बेन्फिकाले ३० वर्षीय स्टार नाचो भित्र्याउने योजना बनाएको छ ।

खबरका अनुसार बेन्फिकाले उनका लागि १० मिलियन युरो खर्चिने भएको छ । नाचो र रियलको सम्झौता २०२२ सम्म छ ।

Loading...