सामाजिक दुरीले कोभिड १९को प्रसारको गतिमा ह्रास ल्यायो

विराटनगर, १ भदौ । सामाजिक दुरीले कोभिड १९को प्रसारलाई ढिलो बनाएको अध्ययनले देखाएको छ ।

पीएलओस चिकित्सा पत्रिकामा प्रकाशित अध्ययनअनुसार सरकारले जारी गरेको भौतिक दुरीका आदेशहरूले कोभिड १९ महामारीको गतिमा ह्रास ल्याएको देखाएको छ । साथै, अमेरिकामा सामाजिक दुरीका अभ्यास कार्यान्वयन भएको तीन हप्ताभित्रमा छ लाखभन्दा बढी मानिसहरू संक्रमण हुनबाट बचेको अनुमान गरिएको छ ।

परिणामको लागि, अनुसन्धान टोलीले अमेरिकामा कोभिड १९ महामारीको पहिलो पाँच महिनाको डाटा विश्लेषण गरेका छन् । अनुसन्धान टोलीले सरकारले सामाजिक दुरी आदेशलाई लागू गर्नुअघि र पछि कोभिड १९ संक्रमित र यसकारण भएको मृत्युहरूको तथ्यांक संकलन गरेर तुलनामा गरे ।

औसत दैनिक कोभिड १९ केस वृद्धिको दर पहिलो सामाजिक दुरी उपायहरूको कार्यान्वयनपछि चार दिनमा घट्न सुरू भयो । अध्ययनमा संक्रमितको संख्यामा मात्र नभएर कोभिड १९बाट हुने मृत्युको संख्यामा पनि कमी आएको उल्लेख छ । सामाजिक दुरीले कोभिड १९ महामारीको वृद्धिलाई कम गरेर जीवन बचाइरहेको अध्ययनको निष्कर्ष रहेको छ ।

साथै, यसले स्वास्थ्य सेवाका नेताहरूलाई महामारीलाई सुधार्न र पूर्वाधारको क्षमता बढाउन केही समय पनि उपलब्ध गराइरहेको छ ।

Loading...