Rumpum

Rumpum Advertisement

सयौं जुनीसम्म आकाशको साथ पाइरहने पूजाको आश (भिडियोसहित)

सयौं जुनीसम्म आकाशको साथ पाइरहने पूजाको आश (भिडियोसहित)

विराटनगर, १ भदौ । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको ‘सयौं जुनी’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतको भिडियोलाई ओएसआर डिजिटलको युट्युब च्यानेलमार्फत सार्वजनिक गरिएको हो ।

पुनम मोथेको शब्द रहेको गीतमा गायक प्रताप दास र गायिका अन्जु पन्तले स्वर भरेका छन् ।

सरोज पोख्रेलको संगीत रहेको गीतको भिडियोमा आकाश र पूजाको केमेस्ट्री निकै सुहाएको देखिन्छ ।

निकेश खड्काको निर्देशनमा र दिपेन गौतमको निर्माणमा भिडियो तयार भएको हो । बुद्ध थापाको छायांकन रहेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।