मानेलाई ‘पीएफए फ्यान्स प्लेयर अफ दि इयर’ को अवार्ड

एजेन्सी, १ भदौ । लिभरपुलका फरवार्ड साडियो माने समर्थकले सर्वाधिक रुचाएका प्रिमियर लिग खेलाडी बनेका छन् ।

लिभरपुललाई प्रिमियर लिग उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निभाएका सेनेगलका स्टार माने समर्थकले सर्वाधिक रुचाएका खेलाडी बन्दै ‘पीएफए फ्यान्स प्लेयर अफ दि इयर’ अवार्ड जित्न सफल भएका हुन् ।

२०१९–२० को प्रिमियर लिगमा १८ गोल र ७ असिस्ट गरेका उनले म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयन र सहकर्मी ट्रेन्ट एलेक्जेन्डर–आर्नोल्डलाई उछिने ।

मानेले फ्यानबाट ४१ प्रतिशत भोट पाउँदा ब्रुयनले २७ तथा आर्नोल्डले १७ प्रतिशत भोट पाए ।

यसअघि ब्रुएनले प्लेयर अफ दि सिजन अवार्ड जितेका थिए भने आर्नोल्डले योङ प्लेयर अफ दि इयर अवार्ड जितेका थिए ।

लिभरपुलले ३० वर्षपछि प्रिमियर लिगको उपाधि जितेको थियो ।

Loading...