Rumpum

Rumpum Advertisement

वागमती प्रदेशसभा उप-सभामुख तामाङलाई कोरोना संक्रमण पुष्टि

वागमती प्रदेशसभा उप-सभामुख तामाङलाई कोरोना संक्रमण पुष्टि

मकवानपुर । वागमती प्रदेशसभाकी उपसभामुख राधिका तामाङलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हेटौँडा–१० मा स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालाबाट प्राप्त भएको रिपोर्टअनुसार मकवानपुरमा उपसभामुख तामाङसहित १६ जनालाई सङ्क्रमण पुष्टि भएको हो ।

तामाङको ३ दिनअघि स्वाब लिइएको थियो । तामाङकी स्वकीय सचीव एलिशा थापाका अनुसार सङ्क्रमण पुष्टि भएपछि उपसभामुख तामाङ हेटौंडामा रहेको सरकारी आवासमा सेल्फ आइसोलेशनमा रहेकी छन् ।

काठमाडौंमा बैठकमा सहभागी भएर आएकी उनमा कोरोना पुष्टि भएको हो ।

आफूसँग सम्पर्कमा आएका सबैलाई जानकारी गराएको बताउँदै उनले सबैलाई सतर्क रहन आग्रह गरेकी छन् ।

उनलाई सामन्य रुघाखोकी देखापरे पनि केही समस्या नभएको स्वकीय सचिव थापाले जानकारी दिइन् ।