कोरोना संक्रमितको संख्या २७ हजार नाघ्यो

विराटनगर, १ साउन । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुनेको संख्या २७ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारको नियमित प्रेस ब्रिफिङका क्रममा ४०८ पुरुष र १७६ महिला गरी थप ५८१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

विभिन्न ३९ प्रयोगशालामा ११ हजार ५२० जनाकाे परीक्षणमा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ९ हजार ६३९ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १७ हजार ४९५ पुगेको छ । कुल संक्रमितमध्ये ६४.२ प्रतिशतले कोरोना जितेका हुन् । पछिल्लो २४ घण्टामा थप १६० जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

मृत्यु हुनेकाे संख्या १०७ रहेकाे छ, सोमबार थप ३ जनाकाे काेराेनाका कारण ज्यान गएकाे मन्त्रालयले जनाएकाे छ ।

Loading...