सोमबार थप १६० जनाले जिते कोरोना

विराटनगर, १ साउन । सोमबार नेपालमा थप १६० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा आज थप १६० जनाले कोरोना जितेर डिस्चार्ज भएको जनाएको हो ।

यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या १७ हजार ४९५ पुगेको छ । कुल संक्रमितमध्ये ७०.७ प्रतिशतले कोरोना जितेका हुन् ।

यसैगरी संक्रमण पुष्टि हुनेको संख्या २७ हजार नाघेको छ । सोमबार ४०८ पुरुष र १७६ महिला गरी थप ५८१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ९ हजार ६३९ रहेको छ ।

मृत्यु हुनेकाे संख्या १०७ रहेकाे छ, सोमबार थप ३ जनाकाे काेराेनाका कारण ज्यान गएकाे मन्त्रालयले जनाएकाे छ ।

Loading...