भिसेन्ट कोम्पनीले गरे सन्यासको घोषणा

भिसेन्ट कोम्पनीले गरे सन्यासको घोषणा

एजेन्सी, १ भदौ । बेल्यिजन फुटबलर भिसेन्ट कोम्पनीले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।

इंग्लिस क्लब म्यानचेस्टर सिटीका पूर्वडिफेन्डर कोम्पनीले सोमबार खेल जीवनबाट सन्यासको घोषणा गरेका हुन् ।

३४ वर्षीय कोम्पनीले सिटीमा ११ वर्ष बिताएर अघिल्लो सिजन मात्र इंग्ल्याण्ड छोडेका थिए । सन् २००८ देखि २०१९ सम्म्काे बसाइमा उनले चार प्रिमियर लिग, दुई एफए कप, चार लिग कप र दुई कम्युनिटी सिल्डको उपाधि जितेका थिए ।

कोम्पनीले इतिहादबाट ३ सय ६० खेल खेल्दै २० गोल गरेका थिए ।

सिटी छोडेपछि उनी खेलाडी र व्यवस्थापकको रूपमा आफ्नो पहिलो क्लब एण्डरलेच्ट गएका थिए । जहाँ उनले ३ वर्ष खेलेका थिए ।

२००३ बाट २००६ सम्म बेल्जियन क्लबबाट खेलेका उनी जर्मन क्लब ह्यामबर्गर एसभीमा अनुबन्ध भए । त्यहाँ २ वर्ष बिताएका उनी २००८ मा सिटीमा अनुबन्ध भएका थिए ।

यता, राष्ट्रिय टाेलीबाट भने उनले २०१९ मा सन्यास लिएका थिए ।