प्रहरी हिरासतमा रहेका दुईजनामा कोरोना संक्रमण

इनरुवा, १ भदौ । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार ज्यान मार्ने उद्योगमा पक्राउ परेका दुईजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।

अन्दाजी ३०–३२ वर्ष उमेरका उनीहरुलाई अहिले छुट्टै राखिएको र कताको आइसोलेसनमा लैजाने भन्नेबारे समन्वय भइरहेको बताइएको छ ।

Loading...