बार्सिलोनाका प्रशिक्षक सेटिन बर्खास्त !

एजेन्सी, १ भदौ । स्पेनिस क्लब बार्सिलोनाले आफ्ना प्रशिक्षक क्वीक सेटिनलाई बर्खास्त गरेको छ ।

यसै सिजन क्याप नोउ आएका ६१ वर्षीय सेटिनलाई बार्सिलोनाले पदबाट बर्खास्त गरेको बीबीसीले जनाएको छ ।

आइतबार राति स्पेनको एक रेडियोसँग कुरा गर्दै क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले उनलाई बर्खास्त गर्ने निर्णय गर्ने बीबीसीमा उल्लेख गरिएको छ ।

प्रशिक्षक सेटिनलाई बर्खास्त गरेको पुष्टि गर्दै बार्टोमेउले सोमबारको बार्सिलोनाको विशेष बैठकमा यो निर्णय पारित गरिने पनि जनाएका थिए ।

यद्यपि, यसबारे बार्सिलोनाले आधिकारिक पुष्टि गरेको छैन ।

यसै जनवरीमा बर्खास्तमा परेका अर्नेस्टो भाल्भेर्डेको स्थानमा आएका सेटिनले बार्सिलोनामा मात्र ७ महिना बिताए । उनले नेतृत्त्व गरेको सिजन बार्सिलोना उपाधिविहीन बन्यो ।

बार्सिलोनाले आफ्नो चीरप्रतिद्वन्द्वी क्लब रियल मड्रिडलाई ला लिगाको उपाधि सुम्पियो भने च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ गोलान्तरको लज्जास्पद हार ब्यहारेको थियो ।

अब, उनको स्थानमा बार्सिलोनाले डच प्रशिक्षक रोनाल्ड कोइम्यान ल्याउने चर्चा छ ।

बायर्नसँगको लज्जास्पद हारको विषयमा बार्सिलोनाले बैठक बोलायो

Loading...