Rumpum

Rumpum Advertisement

युरोपा लिग : फाइनल पुग्ने लक्ष्यसहित इन्टर र शख्तर प्रतिस्पर्धामा

युरोपा लिग : फाइनल पुग्ने लक्ष्यसहित इन्टर र शख्तर प्रतिस्पर्धामा

एजेन्सी, १ भदौ । युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युराेपा लिगमा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ ।

नेपाली समयानुसार राति १२ः४५ बजेबाट सुरु हुने उक्त खेलमा इटालियन क्लब इन्टर मिलान र युक्रेनको क्लब शख्तर डोनेस्कले प्रतिस्पर्धा गर्दैछन् ।

जर्मनस्थित स्प्रिट एरिनामा हुने यस खेलमा दुवै टोली एक–अर्कालाई हराउँदै फाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिँदैछन् ।

यी दुईबीचको विजेता टोलीले उपाधिका लागि २१ अगस्टमा स्पेनिस क्लब सेभिल्लासँग खेल्नेछ ।

सेभिल्ला आइतबार राति भएको पहिलो क्वार्टरफाइनल खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमाथि २–१ गोलको जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।

यसअघि सेमिफाइनलका लागि इन्टरले लिभरकुसेनलाई हराएको थियो भने शख्तरले बसेलमाथि जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो ।

इन्टर तीन पटकको युरोपा लिग विजेता टोली हो भने शख्तरले एक पटक उपाधि जितेको छ ।