नाभासले च्याम्पियन्स लिगको सेमिफाइनल खेल गुमाउने

एजेन्सी, १ भदौ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का गोलरक्षक केयलर नाभासले च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको खेल गुमाउने भएका छन् ।

ह्याम्स्ट्रिङका कारण उनले जर्मन क्लब आरबी लेइपजिगसँगको सेमिफाइनल खेल गुमाउने क्लबले जनाएको छ ।

यसै सिजन रियल मड्रिडबाट पीएसजी आएका नाभास इटालियन क्लब अटलान्टासँगको क्वार्टरफाइनल खेलका क्रममा घाइते भएका थिए ।

गत बुधबार राति अटालान्टाविरुद्धको खेल २–१ गोलले जित्दा पीएसजीका गोलकिपर नाभास घाइते भएका थिए ।

खेलको ७९औं मिनेटमा कोस्टा रिकाका गोलरक्षक नाभासले मैदान छोडेका थिए भने उनको स्थानमा सर्जियो रिको मैदान प्रवेश गरेका थिए ।

पीएसजीले बिहीबार विज्ञप्ति जारी गर्दै एमआरआइ गर्दा नाभासको ह्याम्स्ट्रिङमा समस्या देखिएको जनाएको थियो ।

शनिबार पुनः स्वास्थ्य जाँच भएपछि पीएसजीले मंगलबार हुने लेइपजिगसँगको खेलमा उनी उपस्थित हुन नसक्ने जनाएको छ ।

अब, मंगलबार पीएसजीले र लेइपजिगसँग फाइनलका लागि खेल्दैछ । लेइपजिगले बिहीबार राति एथ्लेटिको मड्रिडलाई २–१ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

यस खेलमा पीएसजी खेलाडीकाे चाेटका कारण समस्यामा छ । पीएसजीमा नाभासबाहेक कप्तान थियागो सिल्भा, मार्को भेराट्टी लेभिन कुर्जवा पनि घाइते छन् ।

युवा स्टार किलियन एम्बाप्पेले भने अटलान्टाविरुद्धको खेल सकिन ३० मिनेट बाँकी छँदा मैदान प्रवेश गरेका थिए ।

Loading...