विश्वमा तेस्रो सबैभन्दा बढी डिसलाइक आउने भिडियो बन्यो ‘सडक २’ को ट्रेलर

विराटनगर, १ भदौ । बलिउड फिल्म ‘सडक २’को ट्रेलर भारतमा सबैभन्दा बढी डिसलाइक गरिएको भिडियो बनेको छ ।

यतिमात्र नभएर बलिउड अभिनेत्री आलिया भट्टको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर विश्वमै सबैभन्दा बढी डिसलाइक गरिएको भिडियोको तेस्रो नम्बरमा परेको छ । ‘सडक २’को ट्रेलरमा अहिलेसम्म एक करोड १७ भन्दा बढी डिसलाइक आइसकेको छ ।

नेपोटिज्मका कारण अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको र नेपोटिज्मलाई ‘सडक २’का निर्देशक महेश भट्ट र आलियाले बढावा दिएको भन्दै फ्यानहरूले ‘सडक २’को ट्रेलरलाई सबैभन्दा बढी डिसलाइक गरिएको ट्रेलर बनाउन लागिपरेका छन् । साथै, फिल्मको ‘तुम से हि’ बोलको गीतमा पनि दर्शकले डिसलाइक गरिरहेका छन् ।

यसअघि विश्वमै सबैभन्दा बढी डिसलाइक गरिएको भिडियोमध्ये पहिलो नम्बरमा भने सन् २०१८ मा यूट्युब आफैले पोस्ट गरेको ‘२०१८ रिभाइन्ड’ भिडियो रहेको छ । जसलाई एक करोड ८६ लाख पटक डिसलाइक गरिएको थियो । त्यस्तै, दोस्रो नम्बरमा भने पप स्टार जस्टिन बीबरको ‘बेबी’ गीत परेको छ ।

सन् २०१० मा रिलिज भएको ‘बेबी’ गीतमा एक करोड ६१ लाख पटक डिसलाइक गरिएको छ ।

Loading...