सुनको भाउ घट्यो

काठमाडौं, १ भदाै । नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।

आइतबार तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोवार भएको सुनको मूल्य सोमबार तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोवार भएको छ ।

सोमबार चाँदी तोलामा १३ सय १५ रुपैयाँमा कारोवार भइरहेकाे महासंघले जनाएको छ ।

Loading...