बालुवाटारमा ओली, प्रचण्ड र देउवा छलफल गर्दै

काठमाडौ, १ भदौ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भइरहेको छ ।

बालुवाटारमा केही समयअघिदेखि छलफल जारी रहेको प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईँले जानकारी दिए ।

‘सचिवालय बैठकलगत्तै शेरबहादुर देउवा आउनुभएको हो, दुईजना अध्यक्ष र उहाँबीच छलफल गरिरहनु भएको छ,’ बजगाईँले भने ।

Loading...