Rumpum

Rumpum Advertisement

यसरी रिसलाई सजिलै नियन्त्रण गर्न सकिन्छ

यसरी रिसलाई सजिलै नियन्त्रण गर्न सकिन्छ

विराटनगर, १ भदौ । रिस उठ्नुलाई स्वभाविक मानिन्छ ।

मानिसहरू ससानो कुरालाई लिएर झर्किने वा रिसाउने गरिरहेका हुन्छन् । रिस उठ्ने धेरै कारण हुन सक्छन् । भोक, मानसिक रोग, हुर्केको वातावरणको प्रभाव, सोचेको वा चाहेको जस्तो नहुनु रिस उठ्ने केही कारणहरू हुन् । झर्किने वा रिसाउने बानीले आफूले नचाहे पनि नोक्सान पु¥याउन सक्छ । आफू मात्र पनि नभएर आफ्नो परिवार, आफन्त र साथीभाइमा पनि त्यसको नकारात्मक असर पुग्छ ।

सानोसानो कुरामा रिस नियन्त्रणका गर्न नसक्दा जीवनभरका लागि ठूलो क्षति पुग्न सक्छ । रिस सबैलाई उठ्छ तर, केहीले मात्र आफ्नो रिसलाई नियन्त्रण गर्न सक्छन् । रिसमाथि नियन्त्रण गर्नका लागि केही उपायहरू अपनाउन सकिन्छ । रिस उठ्दा लामो गहिरो श्वास लिने र छोड्ने गरेमा वा ध्यान गर्दा रिस केही हदसम्म शान्त हुन जान्छ ।

एकदमै रिसले चुर भएका मानिसहरूले अंक गन्न सुरु गर्नु पर्छ । ती गन्ती गर्दै जादा बिस्तारै रिस मर्दै जान्छ । शारीरिक व्यायामले मानिसको अनावश्यक चिन्तामा नियन्त्रण पाउन सघाउँछ । त्यसैले रिस उठेको बेलामा सामान्य शारीरिक व्यायाम गर्दा नसाहरू संयमित पर्नुका साथै रिस पनि कम हुँदै जान्छ । अझ केहीबेर यताउति डुल्ने वा शान्त बस्नुभयो भने तत्काल रिस नियन्त्रणमा सघाउ पु¥याउँछ ।

रिस उठेको बेला गीत सुन्ने, डान्स गर्ने, घुम्ने, गीत, कविता तथा कथा लेख्ने, आफ्नो मन परेको काम गर्ने वा सिर्जनात्मक कुरामा लगाउने गर्दा पनि रिस कम हुन्छ । कतिपय मानिस रिस नियन्त्रण गर्न आफैंलाई तनावमा राखेर मनभित्र रिस मार्ने प्रयास गर्छन् । तर, मनमा राख्नुभन्दा पनि रिस उठेको विषयमा मिल्ने साथीलाई कुरा शेयर गर्दा रिस मर्नुका साथै समाधानको उपाय पनि निस्किन सक्छ ।

रिस शान्त भएर सामान्य अवस्थामा नफर्किएसम्म अरुभन्दा अलग बसेर आफूलाई समय दिनु पर्छ । यसले समबन्ध तथा धेरै नाकारात्मक असरहरूलाई कम गर्न मद्दत गर्छ ।