Rumpum

Rumpum Advertisement

‘माछी मार्न जाउँ है दाजै कालापानीमा’को कभर गीत सार्वजनिक (भिडियो सहित)

‘माछी मार्न जाउँ है दाजै कालापानीमा’को  कभर गीत  सार्वजनिक (भिडियो सहित)

विराटनगर, १ भदौं । विजय श्रेष्ठको रचना रहेको तथा विधान श्रेष्ठले गाएको ‘माछी मार्न जाउँ है दाजै कालापानीमा’ गीतको कभर म्युजिक भिडियो सार्वजनिक भएको छ । रोजी खत्री, चन्दनकिशोर लिम्बू र सुस्कृति नेपालीले संयुक्तरुपमा गएका उक्त गीत डीथ्री टिभी युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।

लामो समयदेखि विवादमा रहँदै आएको कालापानीको कुरा आउँदा प्रायः सबैले सम्झने गीत हो, ‘माछी मार्न जाउँन दाजै कालापानीमा ।’ यस गीतमा नेपाली भूभाग, जल तथा इतिहासलाई सहज ढंगबाट प्रस्तुत गरिएको छ । रोजी खत्रीको निर्माण र जीबीआर क्रिएसनको निर्देशनमा यस म्युजिक भिडियो पुनःनिर्माण भएको हो ।

तीर्थमान राई र चन्द्रमान राईको छायांकन रहेको भिडियोलाई गणेश राईले सम्पादन गरेका हुन् । यस भिडियो पुनःनिर्माणका लागि आवश्यक अनुमति लिइएको जीबीआर क्रिएसनका सम्राट थापाले जानकारी दिए ।