पर्सामा मेयर र मेसुसहित ९२ कोरोना संक्रमित थपिए

विराटनगर, १ भदौ । पर्साको पोखरिया नगरपालिकाका मेयर दिप नारायण रौनियारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरियामा रौनीयारसहित ३३ जनामा संक्रमण पुष्टि भएपछि पर्सामा नयाँ संक्रमितको संख्या ९२ पुगेको छ । मेयरसहित उनका परिवारका सदस्य, सवारी चालक तथा स्वकीय सचिवमा समेत कोरोना देखिएको हो।

यसैगरी पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेनसहित चार चिकित्सक र तीन जना नर्समा कोरोना देखिएको छ । वीरगञ्ज महानगरमा मात्रै ३८ जनामा कोरोना पुष्टि भएको छ । पर्साको जगरनाथपुर गाउँपालिकामा ४ स्वास्थ्यकर्मीसहित १५ जनामा र सखुवाप्रसौनी गाउँपालिकामा छ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सखुवा प्रसौनी गाउँपालिका ६ का वडाध्यक्ष लालबहादुर यादव पनि कोरोना संक्रमित बनेका छन् । दुई महिला स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ ।

Loading...