कोरोना संक्रमणबाट उत्तर प्रदेशका मन्त्रीको निधन

विराटनगर, १ भदौ । भारतको उत्तर प्रदेशका सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री चेतन चौहानको कोरोना संक्रमणका कारण निधन भएको छ ।

१९ जुलाईमा संक्रमित बनेका चौहान पूर्व भारतीय क्रिकेटर हुन् । गुरुग्राम मेदान्त अस्पतालमा उपचाररत ७२ वर्षीय चौहानको मृत्यु भएको पुष्टि उनका भाइ पुष्पेन्द्रले गरे ।

श्वासप्रश्वासमा समेत भएपछि उनलाई कृत्रिम श्वासप्रश्वासको व्यवस्था गरिएको थियो । उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले मेहनती र इमान्दार राजनेता चौहानलाई शानदार क्रिकेटरका रुपमा सधैं भारतले चिनिरहने र स्मरण गरिरहने बताए ।

चौहानको अन्त्येष्टि मंगलबार हुने भएको छ ।

Loading...