मृतक युवामा कोरोना पुष्टि

विराटनगर, १ भदौ । वीरगञ्जमा मृत्यु भएका एक युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालमा उपचारको क्रममा रौतहटका ३२ वर्षीय युवाको शनिबार राति मृत्यु भएको थियो । मृतकमा आइतबार कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्थायी कोरोना विशेष अस्पतालका संयोजक डा. उदय नारायण सिंहले जानकारी दिए।

श्वासप्रश्वासमा समस्या भएपछि शनिबार दिउँसो ४ बजे ती युवालाई उपचारका लागि अस्पताल ल्याइएको थियो । मृतक युवकको स्वाब संकलन गरेर नारायणी अस्पतालकै प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको डा. सिंहले बताए ।

Loading...