ह्यामिल्टनलाई स्पेनिस ग्रान्ड प्रिक्सको उपाधि

एजेन्सी, १ भदौ । मर्सिडिज चालक लुइस ह्यामिल्टनले स्पेनिस ग्राण्ड प्रिक्स फर्मुला वानको उपाधि जितेका छन् ।

आइतबार राति बार्सिलोनाको क्याटालोनियामा भएको प्रतिस्पर्धामा ह्यामिल्टनले रेडबुलका म्याक्स भेर्स्टापेन र रेसिङ चालक भाल्टेरी बोट्टासलाई उछिन्दै उपाधि जितेका हुन् ।

भेर्स्टापेन दोस्रो हुँदा बोट्टास तेस्रो स्थानमा रहे । यसैगरी रेसिङ ड्राइभर लान्स स्ट्रोल चौथो हुँदा रेसिङ चालक सर्जियो पेरेज पाँचौं स्थानमा रहे ।

यसअघि यसअघि ह्यामिल्टनले भेर्स्टापेनलाई उछिन्दै ब्रिटिस ग्रान्ड प्रिक्सको अवार्ड जितेका थिए ।

Loading...