महत्त्वपूर्ण आयोजनामा कोरोना प्रभाव अध्ययन

महत्त्वपूर्ण आयोजनामा कोरोना प्रभाव अध्ययन

विराटनगर, १ भदौ । राष्ट्रिय योजना आयोगले कोरोना महामारीका कारण मुलुकका रूपान्तरणकारी आयोजना (गेम चेन्जर प्रोजेक्ट) मा परेको प्रभावबारे सुरु गरेको अध्ययन अन्तिम चरणमा पुगेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. पुष्पराज कँडेलले मुलुकमा कोरोना महामारीको सङ्क्रमण फैलिएसँगै रूपान्तरणकारी आयोजनामा परेको प्रभावबारे अध्ययन सुरु गरिएको बताए । उनले अध्ययन कार्य अन्तिम चरणमा पुगेको र चाँडै नै अध्ययन प्रतिवेदन आउने बताए ।

राष्ट्रिय योजना आयोगका अनुसार १८ वटा आयोजनालाई रूपान्तरणकारी योजनाका रूपमा लिएको छ । जसमा प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना, सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना, समृद्धिका लागि वन कार्यक्रम, जग्गा प्रशासन सुदृढीकरण तथा अनौपचारिक भू–सम्बन्ध व्यवस्थापन कार्यक्रम र औद्योगिक पूर्वाधार विकास आयोजना रहेको छ । यसैगरी स्वास्थ्य संस्था तथा स्वास्थ्य सेवा विस्तार आयोजना, सार्वजनिक विद्यालय सबलीकरण आयोजना, प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम आयोजना, राष्ट्रपति महिला सशक्तीकरण परियोजना, माथिल्लो अरुण जलविद्युत् आयोजना पनि रूपान्तरणकारी आयोजनामा पर्छन् ।

आयोगले राष्ट्रिय तथा अन्तरदेशीय प्रसारण लाइन आयोजना, पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति आयोजना, गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजना, प्रादेशिक तथा स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम, नयाँ सहर विकास आयोजना, सहरी करिडोर आयोजना, डिजिटल नेपाल र राष्ट्रिय परिचय पत्र तथा घटना दर्ता कार्यक्रमलाई महìवपूर्ण १८ योजनामा पारिएको छ ।

अहिलेसम्म के–कस्तो असर परेको र भविष्यमा पर्न सक्ने प्रभावबारे अध्ययन सुरु गरिएको हो । अहिले भइरहेको अध्ययनले कोरोनाका कारण रूपान्तरणकारी आयोजनामा समग्रमा के–कस्तो असर प¥यो त्यसबारे प्रारूप दिनेछ बताइएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ