Rumpum Advertisement

युनाइटेडमाथि जित निकाल्दै सेभिल्ला युरोपा लिगको फाइनलमा

युनाइटेडमाथि जित निकाल्दै सेभिल्ला युरोपा लिगको फाइनलमा

एजेन्सी, १ भदौ । स्पेनिस क्लब सेभिल्ला युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिगको उपाधि नजिक पुगेको छ ।

आइतबार राति भएको पहिलो सेमिफाइनल खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमाथि जित निकाल्दै सेभिल्ला फाइनलमा प्रवेश गरेको हो ।

जर्मनीस्थित रेइन इनर्जी स्टेडियममा भएको खेलमा सेभिल्लालाई जिताउन सुसो र लुक डी योङले समान एक–एक गोल गरे । युनाइटेडका ब्रुनो फर्नान्डेसले एक गोल गरे ।

खेलमा युनाइटेडले सुरुआती अग्रता बनाएको थियो । खेलको नवौं मिनेटमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

खेलको २६औं मिनेटमा सुसोले गोल गर्दै सेभिल्लालाई बराबरीमा फर्काए । यस्तै खेलको ७८औं मिनेटमा डी योङले गोल गर्दै सेभिल्लालाई २–१ गोलले जिताए ।

जितसँगै सर्वाधिक धेरै पटकको विजेता सेभिल्ला उपाधि नजिक पुगेको छ । सेभिल्ला युरोपा लिगको सर्वाधिक सफल टोली हो, उसले हालसम्म पाँच पटक उपाधि जितेको छ ।

अब उसले उपाधिका लागि इन्टर मिलान र शख्तर डोनेस्कबीचको विजेता टोलीसँग खेल्नेछ । दोस्रो सेमिफाइनलअन्तर्गत आज राति इन्टर र डोनेस्कले खेल्नेछन् ।