नेकपा सचिवालय बैठक आज बस्दै

विराटनगर, १ भदौ । लामो समयदेखि विवादमा रुमलिएको सत्तारुढ नेकपाको सचिवालय बैठक आज (सोमबार) बस्ने भएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालकै सहमतिमा बैठक बस्न लागेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनकाअनुसार बैठकमा पार्टीमा देखापरेका समस्या समाधान तथा देशको समसामयिक राजनीतिक विषयमा छलफल गरिनेछ ।

निक्कै लामो समयदेखि विवादको भूमरीमा फसेको नेकपा अहिले तत्काललाई फुटको संघारबाट जोगिएको आंकलन गरिएको छ । यद्यपी ओली र दाहालबीच भएका सहमतिलाई लिएर यसअघि दाहाललाई साथ दिँदै आएका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायत असन्तुष्ट बनिरहेको बताइएको छ ।

Loading...