विद्युत् प्राधिकरण ३५औँ वर्षमा

विराटनगर, १ भदौ । नेपाल विद्युत् प्राधिकरण सोमबारदेखि स्थापनाको ३४ वर्ष पूरा गरी ३५ वर्षमा प्रवेश गर्दैछ ।

नेपालको ऊर्जा उत्पादन र वितरणमा अग्रणी संस्था सन् २०२३ सम्ममा सम्पूर्ण नेपालीको घरधुरीमा विद्युत् पु¥याउने लक्ष्यका साथ प्राधिकरण अगाडि बढिरहेको छ । विगतमा घाटामा रहँदै आएको प्राधिकरणले आर्थिक वर्ष २०७३÷७४ देखि नाफा गर्न सुरु गरेको हो । त्यसपछि क्रमशः नाफा वृद्धि गर्दै आएको छ ।

त्यसअनुसार आव २०७४÷७५ मा दुई अर्ब ८५ करोड, आव २०७५÷७६ मा नौ अर्ब ८१ करोड र आव ७०७६÷७७ मा हालसम्मकै उच्च ११ अर्ब पाँच करोड रुपैयाँ नाफामा रहेको छ । त्यस्तै आव २०७५÷७६ मा प्रणाली चुहावट १५.३२ प्रतिशत रहेकोमा कोभिड–१९ बाट उत्पन्न प्रतिकूल परिस्थिति रहे पनि आव २०७६÷७७ मा प्रणाली चुहावटलाई १५.२७ प्रतिशतमा सीमित राख्न सकिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उल्लेख गरे ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई कार्यरूप दिन विकासमा अन्य आयामको संवाहकका रूपमा प्राधिकरणको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

घिसिङले प्राधिकरणले आगामी वर्षहरूमा पनि खर्च कटौती गर्ने–आम्दानी बढाउने, चुहावट घटाउने–खपत बढाउने, उत्पादन बढाउने–महसुल घटाउने, आयात घटाउने–निर्यात बढाउने उल्लेख गरे । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...