Rumpum

Rumpum Advertisement

अध्ययन भन्छ : आफ्नो प्रिय मान्छेको टि-शर्ट संगै लिएर सुत्दा निन्द्रामा सुधार आउँछ

अध्ययन भन्छ : आफ्नो प्रिय मान्छेको टि-शर्ट संगै लिएर सुत्दा निन्द्रामा सुधार आउँछ

विराटनगर, ३२ साउन । आफ्नो प्रिय मानिसको टी-शर्टलाई संगै लिएर सुत्दा वा सिरानी बनाउँदा निधारमा सुधार आउने देखिएको छ ।

प्रिय व्यक्तिको टी-शर्ट सँगै लिएर सुत्दा उनको गन्धले निद्रामा सुधार ल्याउनसक्ने अनुसन्धानकर्ताहरूले पत्ता लगाएका हुन् ।

साइकोलोजिकल साइन्स जर्नलमा प्रकाशित अध्ययनले यसो गर्दा प्रिय मान्छेकाे गन्धले निद्राको गुणस्तरमा सुधार गर्नसक्ने देखाएको हो ।

क्यानाडाको ब्रिटिश कोलम्बिया विश्वविद्यालयका अध्ययनका सह-लेखक फ्रान्सिस चेनका अनुसार यस अध्ययनले आफ्नो पार्टनरको सुगन्धले निन्द्राको दक्षता सुधार गर्ने नयाँ प्रमाणहरू प्रदान गरेको छ ।

अध्ययनका सहभागीलाई सेन्ट नलगाइ, मसालेदार खानेकुरा नदिइ तथा व्यायाम गर्न नदिएर २४ घण्टाका लागि टी-शर्ट लगाउन दिइएको थियो । सहभागीका पार्टनरले साथीको लगाएको सुगन्धित टी-शर्टलाई सिरानीको रूपमा प्रयोग गर्न लगाइएको थियो ।

आफ्नो पार्टनरको गन्धले प्रतिरात औसतमा नौ मिनेट धेरै निदाएको अनुभव गरे । ओछ्यानमा कुनै अधिक समय खर्च नगरी प्रति हप्ता एक घण्टाभन्दा बढी निन्द्रा हासिल गरेका थिए ।

अध्ययनले प्रियजनहरूको सुगन्धले स्वास्थ्यलाई शक्तिशाली तरिकामा असर गर्न सक्छ भन्ने कुरा पत्ता लगाएको अध्ययन अनुसन्धानकर्ता मार्लिसे होफरको दाबी छ ।

साथै, निन्द्रामा राम्रो प्रभाव पर्ने हुदाँ अनुसन्धानले यात्रा गर्दा पार्टनरको स्कार्फ वा शर्ट लिएर जाने सुझाव दिएको छ ।