वीरगञ्जमा निषेधाज्ञा थप कडा बनाउन सेना खटाइयो

वीरगञ्ज, ३२ साउन । वीरगञ्जमा निषेधाज्ञालाई थप कडा बनाउन सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार एक सूचना जारी गर्दै वीरगञ्जमा आजबाट सेना परिचालन गरिएको जनाएको छ ।

जिल्ला सुरक्षा समितिको सम्पन्न बैठकले निषेधाज्ञालाई थप कडाई बनाउन सेना पचिालन गर्ने निर्णय गरेको हो ।

वीरगञ्जमा अर्काे आदेश नभएसम्मको लागि जारी निषेधाज्ञामा थप कडाइका साथ लागू गर्न आजदेखि १३ भदौसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगार्थ नेपाली सेना परिचालन गर्ने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

उनले निषेधाज्ञालाई थप प्रभावकारी बनाउन अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीको सहयोगका लागि सेना परिचालन गरिएको बताउदै सुरक्षा निकायको ‘नियन्त्रणात्मक समन्वयमा अझै थप १५ दिन निषेधाज्ञामा कडाइ गर्न सकिएमा पर्सा जिल्लामा कोभिड–१९ लाई परास्त पार्ने निष्कर्षका साथ सेनाले गस्ति सुरु गरेको जानकारी दिए ।

सेना परिचालन भएसँगै आज दिउँसोबाट अनावश्यक काममा हिँडडुल गर्नेहरू घरबाट निस्किन छाडेका छन् ।

Loading...