सलोनको निर्माणमा ‘रुम नम्बर १०८’ बन्ने

विराटनगर, ३२ साउन । अभिनेता सलोन बस्नेतले फिल्म ‘रुम नम्बर १०८’ निर्माण गर्ने भएका छन् ।

‘रुम नम्बर १०८’ नाममा सार्वजनिक भइसकेको गीतमा सलोन र आमेश भण्डारीको आवाज र अभिनय रहेको थियो ।

sadf

सलोनकै लगानीमा निर्माण हुन लागेको फिल्ममा सलोन र आमेशकै मुख्य भूमिका रहने भएको छ ।

फिल्मका लागि दुई मुख्य अभिनेता फाइनल भए पनि अभिनेत्रीको भने टुंगो लागेको छैन । फिल्ममा अन्य सबै कलाकार नँया खोजिने भएको छ ।

फिल्मलाई सुरेश न्यौपानेले निर्देशन गर्ने पक्का भएको छ । ‘सलोन बस्नेत फिल्मस्’ को ब्यानरमा निर्माण हुने फिल्म थ्रिलर र कमेडीमा आधारित हुने बताइएको छ ।

केही युवाहरूको समुहको कथा फिल्ममा प्रस्तुत हुने सलोनले बताए । सलोनका पिता तथा निर्देशक शोभित बस्नेतले फिल्मको कथामा काम भइरकेको बताएका छन् ।

सरकारले छायांकनको अनुमति दिएसँगै फिल्मको छायांकन सुरु गरिने छ । 

Loading...