Rumpum

Rumpum Advertisement

शौचालयमा मोबाइल चलाउँदा पाइल्स हुन सक्छ

शौचालयमा मोबाइल चलाउँदा पाइल्स हुन सक्छ

विराटनगर, ३२ साउन । आजकल अधिकांश मानिसहरू शौचालय जाँदा साथमा मोबाइल लिएर जाने गर्छन् ।

गेम खेल्न, फेसबुक चलाउन, च्याट गर्नलगायतको लागि मानिसहरू शौचालयमा मोबाइल लिएर जाने गर्छन् । तर, चिकित्सकहरूका अनुसार शौचालयमा मोबाइलको प्रयोगले पायल्सको समस्या निम्त्याउन सक्छ ।

यो समस्या स्मार्टफोनको प्रयोगले भन्दापनि मोबाइल चलाएर लामो समयसम्म शौचालयमा बस्नुलाई मानिन्छ ।

मानिसहरू ट्वाइलेटमा मोबाइल चलाउने सुरमा अरु समयमा भन्दा तीन गुणा बढी समयसम्म बस्ने गर्छन् ।

धेरै समयसम्म शौच गर्ने पोजिसनमा बस्दा निकै अफ्ठ्यारो हुने र नसाहरू सर्दै तल आउने हुँदा हेमोरोइडको समस्या अर्थात पाइल्स हुने सम्भावना रहन्छ ।

धेरै लामोसमस सम्म शौचालयमा बस्दा वा शौच गर्दा अत्यधिक प्रेसर पर्दा पाइल्स हुने पाइल्स हुने, दिसा बस्दा रगत आउने, पीडा हुने, सुन्निने जस्ता लक्षणहरू देखापर्ने सक्छ ।

शौचालयमा मोबाइल लैजानाले इकोली, साल्मोनेला टाइफी, डिफिसाइल जस्ता हानिकारक ब्याक्टेरियाहरू टाँसिने हुन्छन् जसले ज्यानै जोखिममा पार्न सक्ने रोगहरू फैलाउन सक्छन् ।

त्यसैले ट्वाइलेट जाँदा मोबाइल साथमा लानु उपयुक्त हुँदैन । साथै, मोबाइल मात्र नभएर ट्वाइलेटमा पत्र-पत्रिका पढ्ने वा धेरै समय लगाउनु हुँदैन ।