‘सडक २’को ‘तुमसे ही’ गीत सार्वजनिक, गीतमा पनि डिसलाइक बढ्दै

विराटनगर, ३२ साउन । बलिउड अभिनेत्री आलिया भट्टको मुख्य भूमिका रहेको फिल्म ‘सडक २’को गीत सार्वजनिक भएको छ ।

‘तुमसे ही’ बोलको गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो । अंकित तिवारीको संगीतमा तयार भएको गीतमा अंकित र लिना बोसको स्वर रहेको छ ।

गीतमा आलियाका साथै अभिनेता आदित्य रोय कपुरलाई देख्न सकिन्छ । सार्वजनिक गीतमा दर्शकले लाइकभन्दा पनि बढी डिसलाइक गरेका छन् ।

रिलिजको २४ घण्टा नबित्दै ६७ लाखभन्दा माथि भ्युज पाएको फिल्मको ट्रेलरलाई यो समाचार तयार पार्दासम्म ५ लाख १४ हजार दर्शकले डिसलाइक गरिसकेका छन् ।

गीतलाई लाइक गर्नेको संख्या १ लाख २१ हजार पुगेको छ । गीतसँगै फिल्मको ट्रेलर हालसम्मकै बढि डिसलाइक पाएको ट्रेलर बनेको छ ।

नेपोटिज्मका कारण अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको र नेपोटिज्मलाई ‘सडक २’का निर्देशक महेश भट्ट, र आलियाले बढावा दिएको भन्दै फ्यानहरूले यस्तो प्रतिक्रिया देखाइरेका हुन् ।

२८ अगष्टमा ‘डिज्नी प्लस हटस्टर’मा रिलिज हुने फिल्ममा आलिया र आदित्यसँगै सञ्जय दत्त, पूजा भट्टलगायतको अभिनय रहेको छ ।

Loading...