इजरायलले पत्ता लगायो नयाँ परीक्षण विधि, कोरोनाको रिपोर्ट केही सेकेण्डमै

एजेन्सी, ३२ साउन । केही सेकेण्डमै कोरोना भाइरस संक्रमण पत्ता लगाउने नयाँ परीक्षण विधिको विकास भएको छ ।

इजरायलको सेन्टर फर जियोग्राफिक मेडिसिन एण्ड ट्रपिकल डिजिजले नयाँ र सजिलो तरिकाले कोरोना परीक्षण विधिको विकास गरेको हो ।

नयाँ परीक्षण विधिमा बिरामी व्यक्तिले नुन पानीले मुख कुल्ला गरेर एउटा भाँडामा थुक्नुपर्ने हुन्छ । त्यसपछि एउटा स्पेक्ट्रल डिभाईसमा राखेर केही लाइटको प्रयोग गरेर परीक्षण गरिन्छ ।

नयाँ विधिको परीक्षणमा नेतृत्व गरेका एलि स्कवार्टजले कोभिड-१९ को परीक्षणको लागि प्रयोग हुने पीसीआर स्वाब परीक्षणभन्दा यो नयाँ विधि धेरै नै सजिलो रहेको बताएकी छन् ।

नयाँ विधिको सुरुवातीमा क्लिनिकल परीक्षणमा ९५ प्रतिशत सफल नतिजा प्राप्त गरेको हुँदा हालसम्म आएका परीक्षणको नतिजा निकै आशालाग्दो र यो विधि निकै सजिलो र सस्तो रहेको स्कवार्टजको भनाइ छ ।  

गम्भीर बिरामीहरूको थुकमा धेरै भाइरस हुने हुँदा यो नयाँ विधिको अन्तिम निर्णय गर्नुअघि परीक्षणको थप धेरै डाटा र तुलनाहरू हेरिरहेको जेरुसेलम हेबुर युनिभर्सिटीका विज्ञ आणविक भाइरोलेजिष्ट एमोस प्यानेटले बताएका छन् ।

ईजरायली फर्म न्युसाईट ईमेजिङसँग सहकार्य गरेर नयाँ विधिलाई बजारमा ल्याउने र नियामकको स्वीकृति लिने तयारी भइरहेको छ । एउटा परीक्षणको मात्र ०.०१ डलर र मेसिनको मात्र दुई सय डलर खर्च लाग्ने बताइएको छ । 

Loading...