Rumpum

Rumpum Advertisement

बाँकेमा १५ सशस्त्र प्रहरीसहित २० जनामा कोरोना संक्रमण पुष्टि

बाँकेमा १५ सशस्त्र प्रहरीसहित २० जनामा कोरोना संक्रमण पुष्टि

बाँके, ३२ साउन । बाँकेमा आइतबार थप २० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा १५ जना सशस्त्र प्रहरीसहित थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण हुनेमा १५ जना सशस्त्र प्रहरी, तीन जना ग्लोबल आइएमई बैंकका कर्मचारी र खजुरा गाउँपालिका तथा कोहलपुर नगरपालिकाका एक-एक जना रहेका छन् ।

योसँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या ७२६ पुगेको छ ।