सुगमको ‘बुबा हजुरको याद आउँछ’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, ३२ साउन । गायक सुगम पोखरेलले नयाँ गीत सार्वजनिक गरेका छन् ।

कुशे औशी अर्थात् बुबा मुख हेर्ने दिन नजिकिदै आएको अवसरमा समस्त बुबाहरूलाई समर्पित गर्दै ‘बुबा, हजुरको याद आउँछ’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा सुगमकै स्वर, शब्द तथा सङ्गीत रहेको छ । सुगमले गीत सार्वजनिक गर्दै आफ्नो सामाजिक सञ्जाल फेसबुकमा भौतिक रूपमा बुवा साथ नभए पनि वहाँ को शिक्षा-दीक्षा, सोच, सपना र आशीर्वादलाई मार्गदर्शन मानेर एउटा असल मान्छे बन्ने प्रयास सधैँ गरिरहने बताएका छन् ।

सुगमले केही समय अघि आफ्ना बुवाका लागी गाएको गीत कुशे औशींमा सरप्राइजका रुपमा दिन चाहेका थिए । तर, यसै बिच आफ्ना बुबा गुमाएका सुगमले आफ्ना बुवाको लागी तयार पारेको गीत सुनाउन नपाएकोमा दुख व्यक्त गरेका छन् । उनले बुबाको लागि भनेर बनाएको गीत बुबाले सुन्न नपाए पनि सम्पूर्ण दर्शक तथा श्रोता को लागि समर्पित गरेका छन् ।

सुजिल कर्माचार्यले गीतको सङ्गीत संयोजन गरेका हुन् भने गीतको भिडियोलाई विकेश मगरले छायांकन र सम्पादम गरेका हुन् ।

Loading...