Rumpum

Rumpum Advertisement

आज थप दुई जनाको कोरोनाबाट ज्यान गयो

आज थप दुई जनाको कोरोनाबाट ज्यान गयो

विराटनगर, ३२ साउन । नेपालमा पछिल्लो २४ घण्टायता थप दुई जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको ब्रिफिङका क्रममा थप दुई जनाको कोरोनाबाट ज्यान गएको पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पर्साका एक जना पुरुष र मोरङकी एक जना महिलाको ज्यान गएको जानकारी दिए ।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या १०४ पुगेको छ । मृत्यु हुनेमा ८१ पुरुष र २३ महिला रहेका छन् ।

कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ९ हजार २२१ रहेको छ । आज थप ६४१ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

कोरोनाबाट मुक्त हुनेको संख्या १७ हजार ३३५ पुगेको छ । कुल संक्रमितमध्ये ६५ प्रतिशतले कोरोना जितेका हुन् । पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।