आज ६४१ नयाँ संक्रमित थपिए

विराटनगर, ३२ साउन । आइतबार नेपालमा थप ६४१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको नियमित प्रेस ब्रिफिङका क्रममा थप ६४१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

विभिन्न ३९ प्रयोगशालामा गरिएको १२ हजार २४७ परीक्षणमा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार आज २१८ महिला र ४२३ पुरुषमा संक्रमण पुष्टि भएकाे हाे ।

यससँगै कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ९ हजार २२१ रहेको छ ।

कोरोनाबाट मुक्त हुनेको संख्या १७ हजार ३३५ पुगेको छ । कुल संक्रमितमध्ये ६५ प्रतिशतले कोरोना जितेका हुन् । पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

पछिल्लाे २४ घण्टामा थप २ जनाकाे ज्यान गएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या १०४ पुगेको छ । मृत्यु हुनेमा ८१ पुरुष र २३ महिला रहेका छन् ।

Loading...