कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १७ हजार ३३५ पुग्यो

विराटनगर, ३२ साउन । आइतबार नेपालमा थप १३४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा आज १३४ थप जनाले कोरोना जितेर डिस्चार्ज भएको जनाएको हो ।

यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या १७ हजार ३३५ पुगेको छ । कुल संक्रमितमध्ये ६५ प्रतिशतले कोरोना जितेका हुन् ।

कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ९ हजार २२१ रहेको छ । आज थप ६४१ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

पछिल्लाे २४ घण्टामा थप २ जनाकाे ज्यान गएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या १०४ पुगेको छ । मृत्यु हुनेमा ८१ पुरुष र २३ महिला रहेका छन् ।

Loading...