तौल घटाउनका लागि रोटी खाने कि भात ?

विराटनगर, ३२ साउन । अधिकांश मानिसहरूको दुई मुख्य आहार भनेकै भात र रोटी हुन् ।

भात खाएका कारण तौल बढेको हुन सक्ने सोच्दै मानिसहरूलाई तौल घटाउनका लागि रोटी खाने गर्छन् वा एकदमै थोरै मात्रामा भात खाने गर्छन् । रोटी र भात दुवैका आफ्ना आफ्ना फाइदा र बेफाइदाहरू छन् । भात र रोटीबीचको पौष्टिकतामा धेरै भिन्नता नरहे पनि सोडियमको मात्रा नै प्रमुख भिन्नता मनिन्छ । प्रत्येक १२० ग्राम गहुँमा १९० मिलिग्राम सोडियम हुन्छ भने भातमा सोडियम हुँदैन ।

सोडियमबाट बच्न खोज्नेहरूको लागि रोटीको सेवन तौल घटाउनका लागि विकल्प नहुन सक्छ । सोडियमको मात्रालाई ध्यानमा नराख्नु पर्ने अवस्थामा भने तौल घटाउनका लागि रोटी नै प्रभावकारी हुन्छन् ।

रोटी र भातमा कार्बोहाइड्रेट र क्यालोरीको समान मात्रा पाइन्छ । भातको तुलनामा रोटीमा प्रोटिन र फाइबरको मात्रा धेरै हुन्छ । रोटीमा क्याल्सियम, पोटेसियम, आइरन, फास्फोरस, फाइबर र प्रोटिन हुन्छ । त्यसैले रोटी खाँदा लामो समयसम्म पेट भरेकोजस्तो महसुस गराउँछ । भातमा कुनै क्याल्सियम हुँदैन र पोटेसियम र फस्फोरसको मात्रा पनि कम हुन्छ । भातमा स्टार्च पाइने हुँदा यो सजिलै पच्छ जसकारण छिटो भोक लाग्ने गर्छ ।

पौष्टिक मूल्यलाई समेत ध्यानमा राखेर हेर्दा तौल घटाउनका लागि रोटी नै उपयुक्त देखिन्छ । रोटीलाई पचाउन धेरै समय लाग्ने भएकाले यसले रगतमा चिनीको मात्रालाई पनि सामान्य राख्न मद्दत गर्छ । रोटीले तौल घटाउँछ र यो खानमा स्वस्थ छन् भन्दैमा धेरै मात्रामा रोटीको सेवन गर्नु हुँदैन । दिनको चारवटासम्म रोटीको सेवन गर्न सल्लाह दिइन्छ । रोटीको सेवन गर्दा पनि सुत्नुभन्दा दुई–तीन घण्टाअघि खाँदा शरीरलाई फाइदा पुग्ने हुन्छ ।

Loading...