विराटनगरमा थपिए ८६ संक्रमित, एउटै वडामा १६ जना थपिए

विराटनगर, ३२ साउन । विराटनगर महानगरपालिकामा आइतबार ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार महानगरभित्र एउटै वडामा १६ जनासहित जम्मा ८६ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

आइतबार विराटनगर १६ मा मात्रै १६ जना संक्रमित थपिएका छन् । विराटनगर १ मा २ पुरुष, वडा नं. २ मा दुई पुरुष र दुई महिला गरी चारजना, वडा नं. ३ मा चार महिला र पाँच पुरुष गरी नौजना संक्रमित थपिएका छन ।

त्यस्तै वडा नं. ४ मा दुई महिला र तीन पुरुष गरी पाँचजना, वडा नं. ५ मा तीन महिला र चार पुरुष गरी सातजनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगर वडा नं. ६ मा चार महिला र सात पुरुष गरी ११ जना, वडा नंं. ८ मा एक महिला र दुई पुरुष गरी तीनजना, वडा नंं ९ मा एक महिला र पाँच पुरुष गरी छजना, वडा नंं ११ मा चार महिला र पाँच पुरुष गरी नौजना संक्रमित थपिएका छन ।

वडा नं. १२ मा एक पुरुष, वडा नंं. १३ एक महिला र दुई पुरुष गरी तीनजना, वडा नंं. १४ मा दुई महिला, वडा नं. १५ मा दुई महिला र तीन पुरुष गरी पाँचजना र वडा नं. १६ मा तीन महिला र १३ पुरुष गरी १६ जनामा संक्रमण पुष्टि भएको हो ।

Loading...