Rumpum

Rumpum Advertisement

फिफाको महिला वरीयतामा नेपाल यथावत स्थानमा

फिफाको महिला वरीयतामा नेपाल यथावत स्थानमा

विराटनगर, ३२ साउन । विश्व फुटबल महासंघ (फिफा) को महिलातर्फको वरीयतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहँदै ९९औं स्थानमा रहन सफल भएको हो ।

पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरीयतामा पनि परेको हो । यही कारण वरीयतामा कुनै फेरबदल नभएको हो ।

पछिल्लो पाँच महिनादेखि फिफाको वरीयता एकनास रहेको पाइएको छ । एशियाली देशतर्फ नेपाल २१औँ स्थानमा छ । दक्षिण एशियाली देशको वरीयतामा नेपालको स्थान दोस्रो छ ।

यस्तै फिफा वरीयतामा दक्षिण एशियाली देश भारत ५५औँ, बङ्गलादेश १३४औँ, श्रीलंका १४०औँ, माल्दिभ्स १४२औँ तथा भुटान १५४औँ स्थानमा रहेका छन् ।

विश्व वरीयतामा अमेरिका पहिलो, जर्मनी दोस्रो, फ्रान्स तेस्रो, नेदरल्यान्ड्स चौथो, स्वीडेन पाँचौँ, इंग्ल्याण्ड छैटौँ, अष्ट्रेलिया सातौँ, ब्राजिल आठौँ, क्यानडा नवौँ र उत्तर कोरिया १०औँ स्थानमा रहेका छन् ।