Rumpum

Rumpum Advertisement

सिटीका मिडफिल्डर ब्रुयन ‘प्लेयर अफ दि सिजन’ घोषित

सिटीका मिडफिल्डर ब्रुयन ‘प्लेयर अफ दि सिजन’ घोषित

एजेन्सी, ३२ साउन । म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयन प्रिमियर लिगको ‘प्लेयर अफ दि सिजन’ घोषित भएका छन् । बेल्जियन प्लेमेकर ब्रुयनलाई प्रिमियर लिगले प्लेयर अफ दि सिजन घोषणा गरेको हो ।

२९ वर्षीय ब्रुयनले ६ खेलाडीलाई उछिन्दै २०१९–२० को प्रिमियर लिगको उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् ।

उनले प्रिमियर लिग च्याम्पियन लिभरपुलका ट्रियो जोर्डन हेन्डरसन, साडियो माने र एलेक्जेन्डर–आर्नल्ड, साउथह्याम्पटनका स्ट्राइकर डेनी इंग्स, बर्नेलीका गोलकिपर निक पोपे, लेइस्टरका गोल्डेन बुट विजेता जेमी भार्डीलाई उछिन्दै सो अवार्ड जिते ।

यो सिजनको प्रिमियर लिगमा ३५ खेल खेलेका उनले १३ गोल र २० असिस्ट गरेका छन् । यस सिजन सिटीले दोस्रो हुँदै प्रिमियर लिगको अन्त्य गरेको थियो ।