पोखरीमा डुबेर बालकको मृत्यु

विराटनगर, ३२ साउन । विराटनगर महानगरपालिका–१५ का एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।

विराटनगर–१४ मा रहेको रानीमाई पोखरीमा डुबेर आइतबार १६ वर्षीय विशाल चौधरी मृत्यु भएको हो । साथीसँग पौडी खेल्न गएका उनी बिहान ९ बजेदेखि बेपत्ता भएका थिए ।

दिउँसो मृत फेला पारिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए । दुईजना साथीहरुसँग नुहाउन गएका उनी पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएएका थिए ।

प्रहरी र स्थानीय बासिन्दाले खोजी गर्दा शव भेटिएको हो । साथीहरुले भने पौडी खेल्दै पोखरीको बीचमा पुगेका चौधरी त्यहीँ डुबेर बेपत्ता भएको प्रहरीलाई बताएका छन् । शव पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Loading...