कोरोना संक्रमित महिलाको मृत्यु

धरान, ३२ साउन । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानमा उपचाररत मोरङको विराटनगरस्थित त्रिवेणी मार्गकी ५० वर्षीया महिलाको शनिबार राति मृत्यु भएको हो ।

उनलाई शनिबार राति साढे ११ बजे अस्पताल पु¥याइएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

अस्पताल पु¥याएको एक घण्टापछि नै उनको निधन भएको थियो ।

कोरोना संक्रमणले अवस्था जटिल बनेपछि उनलाई न्यूरो अस्पताल विराटनगरले वीपीमा रेफर गरेको थियो ।

उनलाई श्वासप्रश्वास, थाइराइड र मुटुसम्बन्धी समस्या रहेको डा. सापकोटाले जानकारी दिए ।

Loading...