युरोपा लिग : फाइनल प्रवेशका लागि युनाइटेड र सेभिल्ला प्रतिस्पर्धामा

एजेन्सी, ३२ साउन । युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिगमा आज पहिलो सेमिफाइनल खेल हुँदैछ ।

आज फाइनल प्रवेशका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब सेभिल्लासँग प्रतिस्पर्धा गर्दैछ ।

यो खेल नेपाली समयानुसार राति १२ः४५ बजे जर्मनीस्थित रेइन इनर्जी स्टेडियममा हुनेछ । जसमा, दुवै टोली एकअर्कालाई हराउँदै उपाधि नजिक पुग्ने योजनाका साथ मैदान उत्रिँदैछन् ।

सेभिल्ला युरोपा लिगको सर्वाधिक सफल टोली हो, उसले हालसम्म पाँच पटक उपाधि जितेको छ । यता, युनाइटेडले भने एक पटक मात्र युरोपा लिगको उपाधि जितेको छ ।

यसअघि युनाइटेडले क्वार्टरफाइनलमा कोपेनहागेमलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो भने सेभिल्लाले वुल्भसलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

Loading...