Rumpum

Rumpum Advertisement

भोलिदेखि सिन्धुपाल्चोकमा लकडाउन

भोलिदेखि सिन्धुपाल्चोकमा लकडाउन

सिन्धुपाल्चोक, ३२ साउन । कोरोना संक्रमणको जोखिम कम गर्न सिन्धुपाल्चोक जिल्मा भोलिदेखि लकडाउन गर्ने निर्णय गरिएको छ ।

छिमेकी जिल्लामा कोरोना संक्रमण बढेको र जिल्लामा पनि संक्रमण बढ्न सक्ने देखिएकाले भोलि (भदौ १) देखि लकडाउन गर्ने निर्णय भएको हो ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको शनिबार बसेको बैठकले एक सातासम्मका लागि जिल्लामा बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।

कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनाका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइँका साथ लागू गराइने निर्णय पनि भएको छ । जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का संक्रमित देखिएकाले संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको हो ।

यस निर्णयसँगै भदौ १ देखि कुनै पनि व्यक्ति अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पाउने छैनन् । त्यस्तै सार्वजनिक सवारीसाधन बन्द हुने छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउने छन् । होटल तथा रेष्टुरेन्ट, विद्यालय, सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, सैलुन, खेलकुद गतिबिधि सञ्चालन गर्न पाइने छैन । त्यस्तै, बैंक र गैरसरकारी कार्यालय आवश्यक सेवा प्रदान गर्न बिहान ११ देखि अपराह्न २ बजेसम्म सञ्चालन गर्न दिइनेसमेत निर्णय भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।