रुसको खोप पहिलो ब्याच तयार, प्रत्येक महिना ५० लाख डोज तयार गरिने

विराटनगर, ३२ साउन । रुसलले विकास गरेको खोपको पहिलो ब्याच तयार भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयले केही समयअघि मात्र रुसमा खोपको ऊत्पादन सुरु गर्न थालिएको खोप बनिसकेको बीबीसीमा उल्लेख गरिएको छ । रुसको खोप अगष्ट महिनाको अन्तसम्ममा बजारमा आउने बताइएको छ । खोप विकास गर्ने मस्कोको गामेलिया इन्स्टिच्युटले रुसले डिसेम्बर दवा जनवरीसम्ममा हरेक महिना ५० लाख खोपको डोजहरू उत्पादन गर्न सक्ने जनाएको छ ।

खोपको तेस्रो चरणको परीक्षणअघि नै यसलाई अनुमति दिइएको हो । रुसले विकास गरेको कोरोना भाइरसविरूद्ध पहिलो खोप एकपटक लिएपछि कम्तीका दुई वर्षसम्मका लागि भाइरसबाट सुरक्षा प्रदान गर्नेछ । रुसले खोपको उत्पादनलाई छिटो स्वीकृति दिएर राष्ट्रिय गौरवलाई स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिएको भन्दै केही वैज्ञानिकहरूले चासो व्यक्त गरेका छन् ।

तर, ‘स्पुत्निक फाइभ’ नाम राखिएको उक्त खोपलाई रुसी नियामकले स्वीकृति दिएसँगै खोपको सुरक्षालाई लिएर अन्तर्राष्ट्रियरूपमा चिन्ताहरू व्यक्त गरिरहेका छन् । द्रुत गतिमा खोप बनाउने क्रममा रुसले सुरक्षासम्बन्धी बिधिहरूमा सम्झौता गरेको हुन सक्ने भन्दै रुसका केही चिकित्सकहरूले खोप लगाउन मानेका छैनन् ।

विश्वभरका देशहरूले खोप बनाउने प्रयास गरिरहेका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस कोरोना भाइसरविरुद्धको खोप घोषणा गर्ने पहिलो देश भएको दावी गरेका छन् ।

Loading...