डोनाल्ड ट्रम्पका भाइको निधन

डोनाल्ड ट्रम्पका भाइको निधन

विराटनगर, ३२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ ।

न्यूयोर्क अस्पतालमा उपचाररत रोबर्टको निधन भएको जानकारी राष्ट्रपति ट्रम्प आफैंले दिएका हुन् । निकै दुःखी मनसहित भाइ रोबर्टको शान्तिपूर्ण निधन भएको खबर सुनाउँदै रोबर्ट भाइमात्रै नभएर आफ्नो मिल्ने साथी रहेको ट्रम्पले बताएका छन् ।

७१ वर्षको उमेरमा रोबर्टको जुन महिनादेखि नै गम्भीर बिरामी भएका कारण अस्पताल भर्ना भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति ट्रम्प शुक्रबार मात्रै आफ्ना भाइ रोबर्टलाई भेट्न अस्पताल गएका थिए । उनको मृत्युको कारण भने खुलाइएको छैन । रोबर्टले राष्ट्रपति ट्रम्पको रियल–स्टेट लगानीको व्यवस्थापन गर्दै आएका थिए ।

ट्रम्प रोबर्टको अन्तिम संस्कारमा उपस्थित हुने अनुमान गरिएको छ ।