विराटनगर महानगरपालिकाका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, स्वाब संकलन रोकियो

विराटनगर महानगरपालिकाका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, स्वाब संकलन रोकियो

विराटनगर, ३२ साउन । विराटनगर महानगरपालिकाका स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ ।

आइतबार विराटनगर महानगरपालिकाबाट शंकास्पदकाे स्वाब संकलन गर्न खटिएका चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

संक्रमित चिकित्सकमा काेराेनासँग मिल्दाे जुल्दाे लक्षण देखिएपछि स्वाब संकलन गरिएकाे थियाे ।

स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य महाशाखाका कर्मचारी क्वारेन्टाइनमा बसेका छन् । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि महानगरपालिकाको स्वाब संकलन कार्य रोकिएको जनस्वास्थ्य निरीक्षक हैदर अलीले जानकारी दिए । अन्य स्वास्थ्यकर्मीको कोरोना जाँचपछि साेमबारबाट पुनः स्वाब संकलन गरिनेछ ।

आइतबार बिहान मात्र विराटनगर महानगरपालिकामा ४३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ५२३ पुगेको छ ।

आइतबार विराटनगर – २ तीन पैनीकी महिलाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनको संख्या ७ पुगेको छ ।