ट्रम्पले अलिबाबासहित चीनका अन्य कम्पनीमाथि पनि प्रतिबन्ध लगाउन सक्ने

विराटनगर, ३२ साउन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अलिबाबासहित चीनका अन्य कम्पनीमाथि पनि दबाब बढाउन सक्ने बताएका छन् ।

बीबीसीमा उल्लेख गरिएअनुसार पत्रकार सम्मेलनमा ट्रम्पले अलिबाबासमेत चीनका अन्य केही कम्पनीहरूमाथि पनि प्रतिबन्ध लगाउनेबारे विचार गरिरहको बताएका हुन् । ट्रम्पले यसअघि नै चिनियाँ कम्पनी टिकटकमाथि प्रतिबन्ध लगाइसकेका छन् ।

अमेरिकाले शुक्रबार चीनको कम्पनी बाइटडान्सलाई आदेश जारी गर्दै ९० दिनभित्र टिकटकको कार्यहरू बन्द गर्न आदेश जारी गरेको छ । व्यक्तिगत डाटा सुरक्षाको विषयका कारण ट्रम्पले चीनको स्वामित्व रहेको कम्पनीमाथि दबाब दिँदै आएका छन् । पछिल्लो केही समयदेखि ट्रम्पले चीनको विषयमा लगातार आलोचना गरिरहेका छन् । तर, कतिपय अवस्थामा भने उनले चीनको तारिफ पनि गरेका छन् ।

Loading...