Rumpum Advertisement

रुसमा खोपको उत्पादन सुरु, चिकित्सकहरूले खोप लगाउन मानेनन्

रुसमा खोपको उत्पादन सुरु, चिकित्सकहरूले खोप लगाउन मानेनन्

विराटनगर, ३२ साउन । रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको नयाँ खोपको उत्पादन सुरु गरिएको छ ।

अगष्ट महिनाको अन्त्यसम्ममा उपलब्ध हुने गरी रुसको स्वास्थ्य मन्त्रालयले खोपको उत्पादन गर्न सुरु भएको जानकारी दिएका हुन् । ‘स्पुत्निक फाइभ’ नाम राखिएको उक्त खोपलाई रुसी नियामकले स्वीकृति दिएसँगै खोपको सुरक्षालाई लिएर अन्तर्राष्ट्रियरूपमा चिन्ताहरू व्यक्त गरिरहेका छन् ।

द्रुत गतिमा खोप बनाउने क्रममा रुसले सुरक्षासम्बन्धी बिधिहरूमा सम्झौता गरेको हुन सक्ने भन्दै कतिपय विज्ञहरूले प्रश्नहरू उठाइरहेका छन् । रुसमै स्वतन्त्ररूपमा गरिएको एउटा जनमत सर्वेक्षणका अनुसार खोपमा विश्वास नभएको भन्दै करिब आधा चिकित्सकहरूले खोप लगाउन तयार नरहेको देखाएको छ ।

ठूलो स्तरमा मानिसहरूमा परीक्षण गर्न बाँकी भएको खोपको विकासमा परीक्षणसम्बन्धी आवश्यक सबै बिधिहरू पूरा गरिएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । फिलिपिन्स, इजरायललगायत केही देशहरूले भने खोपप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् ।